Comments Add Comment

एक महिनाभित्र तीन राप्रपाबीच एकता हुन्छ : लोहनी

२२ कात्तिक, काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन राप्रपाबीचको एकताको काम ९० प्रतिशत सकिएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको देउसी-भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एक महिनाभित्र एकता हुनेसमेत खुलाए । ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो’ उनले भने ।

पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे पनि कुनै विवाद नरहेको लोहनीले स्पष्ट पारे । उनले भने, ‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा दुई मत छैन ।’

एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने, ‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment