+
+

प्रधानमन्त्री ओलीले बहिनीहरुबाट लगाए भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते १८:३१

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् । उनीहरु दुवैलाई काठमाडौं बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?