Comments Add Comment

गुल्मीमा जीप दुर्घटना, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

२३ कात्तिक, गुल्मी । गुल्मीमा भाइटीका लगाउन हिँडेकाहरु चढेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट भाइटिका लगाउन भाडगाँउतर्फ जाँदै गरेको बा १० च ६१५२ नम्बरको जीप शुक्रबार बिहान रेसुङ्गा नगरपालिका ३ को भाडगाउँमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।

दुर्घटनामा परि जीप मालिक रेसुङ्गा नगरपालिका १ निवासी ४५ वर्षीय निर्मला केसी, उनका २६ वर्षीय छोरा प्रवेश, छोरी २३ वर्षीय सन्ध्या केसी, रुपन्देही फुलवारी निवासी २१ वर्षीया मनिका घिमिरे र रेसुङ्ग नगरपालिकाकी १६ वर्षीया पुष्पा राना घाइते भएका छन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको हातमा र टाउकोमा चोट रहेका प्रहरीले जनाएको छ ।

जीपका चालक सुरज पन्थी फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment