+
+
Shares

श्रीलंकाका राष्ट्रपतिले दिए संसद भंग गर्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते ८:४१

२४ कात्तिक, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् ।

संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि यो चुनाव गराउन सजिलो भने छैन ।

किनकी संसद भंग गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न सक्छ ।

प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको बताएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नया“ प्रधानमन्त्री बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?