२४ कात्तिक, काठमाडौं । चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।
राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती १ का २९ वर्षीय रमेशबाबु त्रिपाठीको भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
घटनाको विरोधमा स्थानीयबासीले शनिबार विहानदैखि राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4