+
+
Shares

ट्रक व्यवसायी समितिका उपाध्यक्षसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १०:०३

२४ कात्तिक, बुटवल । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ लाख २६ हजार नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पाण्डे राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका निवर्तमान अध्यक्ष पनि हुन् ।

बुटवल मण्डप अगाडि धनकुमार कु“वरको घरमा जुवा खेलिरहेको अवस्थामा वडा प्रहरी र इलाका प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार राति छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?