Comments Add Comment

‘कोरिया आउने नेपाली मध्यम वर्ग बढी छन्’

कोरियामा इपीएसबाट भाषा पास गरेर आउने नेपालीहरुको चाप बढ्दो छ । तर, हालसम्म लेबर टाइपका दक्ष कामदार आउन सकेका छैनन् । पढेलेखेका र मध्यमवर्गका युवाहरुले सजिलै भाषा परीक्षा पास गर्ने हुनाले कोरियामा उनीहरुकै बाहुल्य छ ।

नेपालीमा काम गरेर खाने बानी छैन । खाएको थालसमेत नमाझेका मानिसहरु यहाँ आइसकेपछि उनीहरुमा काम गर्न नसक्ने, खिन्नता आउने र आलस्य बढ्ने गरेको पाइन्छ ।

महिलाहरु बढी मात्रामा कृषिमा आधारित काममा आउँछन् । कृषिको काम मौसम अनुसार मात्रै हुन्छ । कोरियामा रहेका साना कृषकहरुले सानो बारीमा काम गर्नका लागि दुईजना विदेशी झिकाउँछन् र आफूसमेत कामदारसँगै बारीमा काम गर्छन् । यस्ता कृषकहरुको खेती कहिले फाइदामा त कहिले घाटामा जान्छ । त्यसपछि उनीहरुले कामदारलाई वीचैमा निकाल्छन्, जसले गर्दा कृषिमा काम गर्नेहरु बढी मात्रामा समस्यामा परेको देखिन्छ ।

बुवाआमाले कमाइदिएको पैसामा सौखले खाने बानी परेकाले उनीहरु कोरिया आएपछि खटेर काम गर्न सक्दैनन् । यसले गर्दा उनीहरु मानसिक तनाव, डिप्रेसन जस्ता समस्यामा पर्छन्

बुवाआमाले कमाइदिएको पैसामा सौखले खाने बानी परेकाले उनीहरु कोरिया आएपछि खटेर काम गर्न सक्दैनन् । यसले गर्दा उनीहरु मानसिक तनाव, डिप्रेसन जस्ता समस्यामा पर्छन् । यसले गर्दा पछिल्लो समय आत्महत्या गर्ने नेपालीको संख्या पनि बढ्दो छ । मानसिक असन्तुलनमा परेका धेरै नेपालीलाई दुतावासको सहयोगमा नेपाल फर्काएका घटना पनि छन् ।

ईपीएसबाट कोरिया आउने महिला कामदारहरुमा अधिकांश अविवाहित र पढेलेखेका हुने हुनाले उनीहरुले एक्लोपनको महसुस बढी गर्छन् ।

काम गर्ने कम्पनीमा आफूसरहको साथी नभेटिने र काममा बिहानदेखि साँझसम्म खटिनुपर्ने वित्तिकै उनीहरु कम्पनी छाडेर आफ्नो साथी भएकोतिर जाने गर्छन् । मायाप्रेममा परेर केटासाथी भएतिर जान खोज्ने कारणले गर्दा पनि महिलाहरु बढी समस्यामा पर्ने गरेका छन् ।

नेपाली दुतावासले कोरियामा भएका स्थानीय संघ संस्थाहरुको समन्वयमा अप्ठ्यारोमा परेका दिदीबहिनीहरुलाई कम्पनीबाट बाँकी पैसा असुल गरिदिनेदेखि अन्यत्र काम खोज्न पहल गरिदिने तथा बिरामी परे उपचारका लागि पहल गरिदिनेसम्म कामहरु गरिरहेको छ ।

यद्यपि इपीएसबाट आउने कामदारले दुःख पाएर दुतावासमा उजुरी गर्न आएको भने अहिलेसम्म खासै पाइएको छैन ।

यो पनि पढ्नुहोस्

काेरियामा देखिएको नेपाली चेलीकाे दर्दनाक दुःख

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment