Comments Add Comment

‘चङ्गाचेट’को व्यापार मल्टिप्लेक्समा सुखद

गत शुक्रबारदेखि रिलिजमा आएको कमेडी कथाको चलचित्र ‘चङ्गाचेट’ले दोश्रो हप्ताको शनिबार पनि दर्शकको राम्रो साथ पाइरहेको छ । तिहारको बिदामा बलिउडको ठूलो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएको थियो । तर, निकै खराब समिक्षाका कारण यो चलचित्र कमजोर देखिन थालेको छ भने यसको फाइदा नेपाली चलचित्रले उठाएका छन् ।

चलचित्रले शुक्रबार र शनिबार काठमाण्डौका मल्टिप्लेक्स हलमा राम्रो कलेक्शन गरेको छ । काठमाण्डौको क्यूएफएक्समा शुक्रबार अधिकांश शोमा दर्शकको उच्च चाप थियो । शनिबार पनि यो चलचित्र हेर्न दर्शकको उच्च चाप देखिएको छ । चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले चलचित्रलाई दोश्रो सातामा पनि दर्शकको राम्रो साथ मिलेको बताइन् । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्देशक दिपेन्द्र के खनालले चलचित्रलाई दर्शकले रुचाएका कारण दर्शक बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment