Comments Add Comment

काठमाडौं-जनकपुर पर्यटकीय बस सञ्चालन

२५ कात्तिक, जनकपुरधाम । काठमाडौं-जनकपुर पर्यटन बस सेवा सञ्चालन भएको छ । काठमाडौंबाट जनकपुरलाई सिधा जोड्न पर्यटकीय बस सेवा सञ्चालनमा ल्याइएको हो ।

बस सेवा सञ्चालन भएसँगै काठमाडौंको पशुपतिनाथ र जनकपुरधाम लगायतका धार्मिक क्षेत्रलाई जोड्न सहज हुने विश्वास लिइएको छ ।

पर्यटकीय बसको उद्घाटन प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय र राज्यमन्त्री राज्य मन्त्री अभिराम शर्माले गरेका थिए । उद्घाटनपछि बोल्दै मनत्री रायले प्रदेशलाई समृद्ध बनाउन पर्यटकीय बस सेवा सञ्चालनको ठूलो भूमिका रहने बताए ।

मन्त्री राय र राज्यमन्त्री शर्मा चढेको पर्यटकीय बसले मधेश भवनको चक्कर लगाएको थियो । दिपज्योती एडभेन्चर टुर्स एण्ड ट्राभल ट्राभल्स प्रालिले आइतबारदेखि संचालन गरेको जनकपुर- काठमाडौं पर्यटकीय बस जनकपुरधाम हुँदै-बर्दिबास-सिन्धुली काभ्रे- काठमाडौँसम्म सञ्चालन हुने दिप ज्योती एडभेन्चर टुर्स एण्ड ट्राभल ट्राभल्स प्रालिका प्रबन्धक दिपक थापाले बताए ।

जनकपुरधामको भानु चौकबाट बिहान ९ बजे छुट्ने र काठमाडौंको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने प्रबन्धक थापाले जानकारी दिए ।

प्रबन्धक थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरधामलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए । सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्राउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ ।

जनकपुरधाममा दैनिक आन्तरिक तथा बाहृय हजारौँ पर्यटक आउने गरेका छन् । त्यस्ता बाह्रय पर्यटकहरुलाई ओहोरदोहोर गराउने पर्यटकीय बस सेवाले ठूलो भूमिका खेल्ने छ ।

पछिल्लो समय जनकपुरधाम आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment