Comments Add Comment

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ ।

आइतबार राति भएको खेलमा रियल बेटिसले १० खेलाडीमा सिमित बार्सिलोनालाई ४–३ गोल अन्तरले हराएको हो ।

नाउ क्याम्पमा भएको खेलको पहिलो हाफमा बेटिसले २–० को अग्रता लियो । २० औं मिनेटमा जुनियर फिर्पोले गोल गरे भने ३४ औं मिनेटमा सन्चेज रोड्रिग्वेजले अग्रता दोब्बर पारे ।

खेलमा फर्किने प्रयासमा रहेको बार्सिलोनाले ६८ औं मिनेटमा पेनाल्टी पायो, जसमा लिओनल मेस्सीले गोल गरे । तर, तीन मिनेटपछि नै रियल बेटिसले गोल थप्यो । उसका लागि लो सेल्सोले गोल गरे ।

खेलको ७९ औं मिनेटमा बार्सिलोनाका भिडालले गोल गर्दै खेललाई ३–२ मा पु¥याए । तर, तीन मिनेटपछि नै बार्सिलोनालाई झड्का लाग्यो, जब राकिटिकले रातो कार्ड पाए ।

१० खेलाडीमा सिमित भए लगतै बार्सिलोनाले गोल खान पुग्यो । खेलको इन्जुरी टाइममा मेस्सीले दोस्रो गोल गरेपनि बार्सिलोनाको हार टरेन र बेटिस ४–३ ले विजयी बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment