+
+
Shares

महिला विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ९:०२

काठमाडौं । टी–२० महिला विश्वकपमा भारतले पाकिस्तानमाथि ७ विकेटको जित हात पारेको छ ।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य भारतले मिथाली राजको अर्धशतकसँगै अन्तिम ६ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । मिथालीले ५६ रन बनाइन् । स्मृति मन्धानाले २६ रनको योगदान दिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

३० रन जोड्दा ३ विकेट गुमाएको उसको पारी भिस्मा मोरुफ र निदा दाले सम्हालिन् । दुबैले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

तर, १९ औं ओभर दुबै आउट भइन् । ओभरको पहिलो बलमै मारुफ ५३ रनमा आउट भइन् । तेस्रो बलमा निदा पनि आउट भइन् । उनले ५२ रन बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?