+
+
Shares

बर्दियामा ११ वर्षे बालिका भारतीयबाट बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ११:१८

२६ कात्तिक, गुलरिया । बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् ।

बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् ।

उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए ।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

‘पक्राउ परेकाहरु १६–१७ वर्षका छन् र उनीहरुले बलात्कार गरेको स्वीकार पनि गरेका छन्,’ एसपी मैनालीले अनलाइनखबरसँग भने, ‘उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।’

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?