+
+
Shares

बनेपामा प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १३:२१

२६ कात्तिक, काभ्रे । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काभ्रेको बनेपामा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ ।

सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाईको माग गरेको छ । मंगलबार नेविसंघले ७७ वटै जिल्लामा दुईघण्टा चक्काजाम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?