Comments Add Comment

बनेपामा प्रधानमन्त्रीको पुत्ला दहन

२६ कात्तिक, काभ्रे । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काभ्रेको बनेपामा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ ।

सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाईको माग गरेको छ । मंगलबार नेविसंघले ७७ वटै जिल्लामा दुईघण्टा चक्काजाम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment