Comments Add Comment

सुखी जीवन जीउने सूत्र : आफैलाई प्रेम गर्न सिक्नुहोस्

यसमा दुई मत छैन कि हरेक मानिस जीवनमा सुखी र खुसी रहन चाहन्छन् । तर, यस्तो चाहना सबैको पूरा हुँदैन ।

धेरै मानिसहरु कुनै न कुनै कुरामा असन्तुष्ट हुन्छन् । आफूले चाहेको जस्तो नहुँदा वा कुनै काममा असफलता भोग्दा मानिसलाई आफ्नो जीवनै बेकार पनि लाग्नसक्छ । लगातारको असफलता भोगेका मानिसहरुमा त अत्यधिक नकरात्मक सोच उत्पन्न हुन सक्छ र उनीहरुले आफैलाई घृणा गर्न थाल्छन् । उनीहरुले जीवनदेखि नै हार मानिसकेका हुन्छन् ।

के तपाईंले पनि आफ्नो जीवनमा यस्तै समस्या भोग्नु भएको छ ? वा, आफ्नो जीवन तनावै तनावमा गुज्रिरहेको जस्तो महसुस गर्नुभएको छ ?

यदि यस्तै हो भने आज हामी तपाईंलाई आफ्नो मनबाट घृणालाई बाहिर पछारेर आफैँलाई प्रेम गर्ने तरिकाहरु सिकाउन गइरहेका छौं ।
आफैँलाई कसरी प्रेम गर्ने ?

१. आफ्नो प्रतिभा चिन्नुहोस्

हरेक मानिसले जीवनमा अरुलाई प्रेम गर्नुभन्दा पहिले आफैँलाई प्रेम गर्न सिक्नुपर्छ । हरेक व्यक्तिमा केही न केही सिर्जनशील प्रतिभा लुकेको हुन्छ । तर बिडम्बना धेरै मानिसले आफूभित्र लुकेको प्रतिभालाई चिन्न सक्दैनन् ।
त्यसैले सबैभन्दा पहिले आफ्नो प्रतिभालाई चिन्नुहोस् र त्यसका आधारमा कुनै नयाँ काम थाल्ने पहल गर्नुहोस् । आफैँसँग प्रेम गर्नको लागि आफ्नो अन्तरमनको शक्ति र जीवनको उद्देश्यलाई सम्झिनुहोस् ।

२. आलोचना गर्न छोड्नुस्

जबसम्म आफ्नै आलोचना गर्न बन्द गर्नुहुन्न, तपाईंले कहिल्यै आफूलाई प्रेम गर्न सक्नुहुन्न । आलोचनाले कहिल्यै राम्रो नतिजा ल्याउँदैन ।

अरुले गर्ने नकारात्मक आलोचनाहरुलाई सुनेर मनमा राख्यो भने पनि त्यसको धेरै नराम्रो प्रभाव पर्छ । त्यसैले आफूलाई पहिचान गरेर आफ्नो असली तागतलाई बुझ्नुहोस् ।

हरेक मानिसले आफैंबाट परिवर्तन ल्याउन सक्छ । यदि आफैँले आफ्नो आलोचना गर्नुहुन्छ भने तपाईंमा नकरात्मक परिवर्तन हुन्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर सकरात्मक परिवर्तन गर्नेतिर लाग्नुहोस् ।

३. मनबाट डर हटाउनुहोस्

तपाईंले ‘जो डराउँछन् उनीहरु सकिन्छन्’ भन्ने भनाई सुन्नुभएको छ ? यो वास्तविकतामा आधारित भनाई हो । तपाईंले आफ्नो जीवनमा डरलाई स्थान दिनुभयो भने त्यसले जीवनको खुसी र प्रेमलाई समाप्त गरिदिन्छ ।

यसको समाधानको लागि यस्तो बाटो खोज्नुहोस् जसले तपाईंलाई मानसिक रुपमा खुसी मिल्नेछ । सोच्नुहोस्ः जब मलाई डर लाग्छ, म पछाडि फर्केर हेर्दिन र आफ्ना आमाबुबा वा परिवारको बारेमा सोच्छु ।
यस्तै, जब तपाईं डर महसुुस गर्नुहुन्छ, कुनै अर्को अविस्मरणीय कुरा सम्झिन थाल्नुहोस् जसले तपाईंको डर भाग्नेछ ।

४. धैर्यता राख्नुहोस्

जीवनमा कोमलता र दयालुपन जस्ता गुणलाई सधैं कायम राख्नुहोस् । सधैं अगाडि बढ्ने सोचका साथ एक नयाँ चिन्तन बनाउनुहोस् । सफलताको लागि कुनै सर्टकट वा सजिलो बाटो नरोज्नुहोस् । सधैं मेहनत गर्नुहोस् र जीवनमा धैर्यता राख्नुहोस् ।

५. मनैदेखि दयालु हुनुहोस्

आफ्नो जीवनदेखि नै दिक्क भएर घृणाको भावना राख्ने मानिसले कहिल्यै पनि आफूलाई प्रेम गर्न सक्दैन । त्यसैले कहिल्यै पनि आफूमा घृणाको भावना उत्पन्न हुन नदिनुहोस् । आफ्नो हरेक शब्दमा कोमलता र विनम्रता झल्काउनुहोस् ।

६. सधै‌ं आफ्नो प्रशंसा गर्नुहोस्

अरुको नकारात्मक कुरा र आलोचनाहरुले सँधै मानिसहरुको भित्री भावनालाई तोडिदिन्छ । यस्तो समयमा आफ्नो प्रशंसा गर्नाले हामीलाई समर्थन मिल्छ ।

धैर्य भएर बस्नुहोस् र आफ्नो कामहरुको लागि कति मेहनत गर्न सकिन्छ भनेर आँफैलाई सोध्नुहोस् । चाहे त्यो सानो सानो कुरा नै किन नहोस् वा ठूलो कुरा किन नहोस् ।

७. नकारात्मक विचारहरुलाई सकारात्मकमा बदल्नुहोस्

यदि तपाईंलाई आफूभित्र केही नकारात्मक विचार वा स्वभाव छ जस्तो लाग्छ भने सबैभन्दा पहिले त्यसलाई खोज्ने कोसिस गर्नुहोस् । जब, तपाईंलाई ती नकारात्मक चिजको विषयमा थाहा हुन्छ, त्यसलाई सकारात्मकमा परिवर्तन गर्ने बारेमा सोच्नुहोस् ।

उदाहरणको लागि तपाईं धेरै ढिलो उठ्नुहुन्छ । यो एक नकारात्मक बानी हो । ढिलो उठ्नाले मानिस अल्छि हुन्छ र अल्छीले असफलतालाई निम्त्याउँछ । असफलताका कारण मानिस आफैलाई घृणा गर्न थाल्छ ।

यसको उपाय केही छ भने त्यो छिटो उठ्ने बानी बसाल्नु नै हो । छिटो कसरी उठ्ने भन्ने उपाय खोज्नुहोस ।

८. आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्

कुनै पनि काम गर्नको लागि शारीरिक रुपले स्वस्थ रहन धेरै आवश्यक छ । यसका लागि सन्तुलित भोजन र नियमित व्यायामको आवश्यकता पर्छ ।
स्वस्थ व्यक्तिको मुहार सँधै उज्वल रहन्छ र उ मानसिकरुपले मजबुत रहन्छ ।

कैयौं प्रकारका रोगहरुबाट तपाईं टाढा रहनुहुन्छ र तपाईंले आफँैलाई सधैं प्रेम गर्नुहुन्छ । यसैले सधैं आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् तथा आफ्नो जीवनलाई खुसीयाली बनाइराख्नुहोस् ।

९. आफ्नो वास्तविक अनुहारलाई सम्झिनुहोस्

आफूभित्रको असली रुपलाई सम्झिनुहोस् र पहिचान गर्नुहोस् । आफूलाई ऐनामा हेर्न बन्द गर्नुहोस् र आफूभित्रको सबै खुबी र क्षमताको बारेमा सोच्नुहोस् ।

आफ्नो गुणहरुको बारेमा जान्नुहोस् जसले तपाईं आफैँलाई प्रेम गर्न थाल्नुहुन्छ र अगाडि बढ्न सक्नुहुन्छ ।

१०. आफ्नो समर्थन स्वयम् गर्नुहोस्

अरु मानिसले तपाईंको मद्दत वा समर्थन गरे वा नगरे पनि तपाईंले आफ्नो समर्थन गर्न अति आवश्यक छ । यदि कुनै मुस्किललाई कामलाई सुल्झाउनको लागि मद्दत चाहियो भने तपाईंले आफ्नो नजिकका मित्र र आमाबुबासँग कुरा गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment