Comments Add Comment

बंगलादेशद्वारा ५२२ रनमा पारी समाप्तीको घोषणा

२६ कात्तिक, काठमाडौं । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले ५२२ रनको विशाल रन बनाएपछि डिक्लियर गरेको छ ।

राजधानी ढाकास्थित शेर बंगला राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दोस्रो टेष्टको दोस्रो दिन ७ विकेटको क्षतिमा ५२२ रन बनाएपछि आफ्नो पहिलो पारीको समाप्तीको घोषणा गरेको हो ।

बंगलादेशको विशाल स्कोरमा मुश्पिmक्युर रहिमले दोहोरो शतक बनाए भने मोमिन्युल हकले शतक बनाए । रहिमले अविजित २१९ रन बनाउँदै दोहोरो शतक पूरा गरे । त्यस्तै हकले उत्कृष्ट प्रदर्शन गर्दै १६१ रन बनाए ।

बंगलादेशका ५ जना खेलाडी भने सस्तैमा समेटिए । लिटोन दासले ९, तैजुल इस्लाम र अरिफुल हकले समान ४-४ रनमा आउट हुदा इम्रुल कायस र मोहम्मद मिथुन भने शुन्य रनमै आउट हुन पुगे ।

बंगलादेशका लागि हक र रहिमले २६६ रनको पाटनरसिप गर्दै टिमलाई उकासेका थिए ।

त्यस्तै, बंगलादेशका लागि मेहेदी हसन मिराजले अविजित ६८ र कप्तान महमुदुल्लाहले ३६ रन बनाए ।

बलिङतर्फ भने कैल जर्भिसले ५ विकेट लिए ।

जिम्बाब्वेले आफ्नो पहिलो इनिङ्स थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment