Comments Add Comment

आकाशले किन छाडे ‘विर विक्रम २’ ?

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेका छन् । केही दिन अगाडि मात्र उनले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेका थिए । चलचित्रको घोषणा कार्यक्रममा पनि आकाशले चलचित्रमा काम गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए ।

तर, उनै आकाशले चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र यो चलचित्र छाडेका छन् । आकाशले दर्शक र चलचित्रको निर्माण टिमसँग माफी माग्दै चलचित्र छाडेका हुन् । उनले निर्देशक मिलन चाम्ससँग काम गर्न पाउनु आफ्ना लागि पनि निकै खुशीको कुरा भएपनि वाध्यताले गर्दा छाडेको बताए ।

आफ्ना हजुरबुबा बिरामी भएकाले गर्दा हेरचाह गर्नुपर्ने भएकाले समय दिन गाह्रो भएको आकाशले अनलाइनखबरलाई बताए । चलचित्रमा नाजिर हुसेन, वुद्दि तामाङ, बर्षा सिवाकोटी मुख्य भूमिकामा रहनेछन् । आकाशको ठाउँमा अब कुन नायक आउने हुन्, त्यो चाडै नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment