Comments Add Comment

सोलारी रियल मड्रिडका मुख्य प्रशिक्षकमा नियुक्त

२७ कात्तिक , काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले सान्टिएगो सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

रियल मडि्रडका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रुपमा सोलारीले काम गर्दै आएका थिए । उनले रियल मडि्रड टिम सम्हाल्नु अघि नवौं स्थानमा थियो । तर, उनी आइसकेपछि रियल स्पेनिस ला लिगाको छैटौ स्थानमा उक्लिन सफल भयो ।

एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियललाई जित दिलाएपछि मुख्य प्रशिक्षकको रुपमा सान्टिएगो सोलारीलाई नै राख्ने रियलले निर्णय गरेको हो ।

जिनेदिन जिदानले रियल मडि्रड क्लबको मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा जुलेन लेपेटेगुईलाई ल्याएको थियो । तर, उनले रियल मड्रिड हेर्न थालेपछि क्लबले एकपछि अर्को खेलमा खराब प्रदर्शन गर्दै हारको सिकार बनेको थियो । त्यसपछि रियलले उनलाई बर्खास्त गर्दै क्लबको बी टिम हेर्दै गरेका सोलारीलाई रियल मडि्रड टिम हेर्न जिम्मा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment