+
+
Shares

पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १८:१९

२८ कात्तिक,रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि त्रिपिटक वाचन सुरु भएको छ । पहिलो दिन महासमय सुत्त र वेसन्तर जातक वाचन भएको छ ।

पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक त्रिपिटक वाचन गरिएको हो । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशिनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुँदै आएपनि नेपालमा भने यो पहिलो हो ।

लुम्बिनीमा पहिलो पटक अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्धिष्ट सोसाइटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा ३ दिने त्रिपिटक वाचन बुधबारदेखि सुरु भएको हो ।

वाचनमा १३ देशका करिब पाँच सय भिक्षु सहभागी छन् । त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो । त्रिपिटकमा अभिधम्मपिटक, सुत्तपिटक र विनयपिटक छन् ।

लुम्बिनीस्थित मायादेवी परिसरमा तीन दिनसम्म हुने पिटक वाचनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड, लाहोस्, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरियालगायत १३ देशका भिक्षु सहभागी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्रेेयले बताए ।

त्रिपिटक वाचनअघि लुम्बिनीस्थित शान्तिदीपबाट त्रिपिटक सहितका शान्ति र्‍याली निकालिएको थियो । वाचनअघि बोल्दै नेपालका लागि थाइल्याण्डका राजदूत भगवत ताङसकुनले लुम्बिनीको विकासका लागि नेपालसँगको साझेदारी बढाउन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?