0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बुटवलमा ‘लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १९:१२

२८ कात्तिक, बुटवल । बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ ।  रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह-आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको हो ।

मुख्य आयोजक रुपन्देही व्यापार संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलालाई सफल पार्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको छ ।  त्यससँग सम्बन्धित विभिन्न विषयगत ४२ वटा उपसमिति गठन गरी उपसमितिहरुले आवश्यक तयारी थालेको आयोजकले बतायो ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ सञ्चालन हुने मेलामा करिब ६०० स्टल रहने मूल आयोजक समितिका संयोजक पदमप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मेलामा ८ लाख मानिसले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने अपेक्षा छ ।  अन्तर्राष्ट्रिय व्यापार मेलाले त्यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास ब्यक्त गरे ।

मेलामा गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवर्द्धनात्मक प्रचार प्रसार गरिने आयोजकको भनाइ छ । यस्तै मेलामा अलग-अलग पभेलियन बनाएर कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्नर् अभियान संचालन गर्ने योजना आयोजकको छ ।

स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष संवाद र प्रेरित गर्ने उद्देश्यका साथ संघले पहिलो पटक काठमाडौं बाहिर २०६९ पौष ६-१७ गतेसम्म व्यापार मेला अटो प्रदर्शनी-२०६६ र २०७२ पौष ८ देखि २१ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको थियो ।

पछिल्लो व्यापार मेलामा ६०० बढी स्टल, करिब ५ लाख बढी दर्शकको सहभागिता तथा करिब ३५ करोड बराबरको कारोवार भएको थियो । मेलामा १२ वटा अलग अलग पभेलियन निर्माण गरी सम्बन्धित वस्तु तथा सेवालाई छुट्टाछुट्टै प्रदर्शन गरिएको थियो । जसमा चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी ३० वटा अन्तर्राष्ट्रिय स्टलहरु मेलामा समावेश भएको संघले जानकारी दिएको छ ।

१४ दिनसम्म संचालन हुने मेलाको प्रवर्द्धकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका, बुटवल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?