Comments Add Comment

आइफोनमाथिको निर्भरता यसरी घटाउँदैछ एप्पलले

अमेरिकी कम्पनी एप्पलको कुल आयको अधिकांश हिंस्सा यसको सर्वाधिक लोकप्रिय उत्पादन आइफोनको बिक्रीले ओगट्ने गरेको छ ।

तर, विस्तारै एप्पलको स्मार्टवाचको रुपमा रहेको एप्पलवाच कम्पनीको सबैभन्दा प्रभावकारी प्रोडक्टको रुपमा दह्रिने बाटोमा छ ।

पछिल्लो समय एप्पलका आइफोनहरु प्राविधिक उन्नयनमा अन्य प्रतिस्पर्धी कम्पनीहरु भन्दा खासै फरक हुन नसकिरहेको सन्दर्भमा एप्पलवाचले अग्रणी प्रोडक्टको रुपमा उपभोक्तामाझ आफूलाई स्थापित गर्न थालेको छ ।

आइफोन र एप्पल पर्यावाची जस्तै बनिरहेको अवस्थामा एप्पलवाचको प्रभावकारिता बढ्दै जाँदा भविष्यमा एप्पल कम्पनीको चिनारी मात्र बदलिने होइन, आम्दानीको सन्दर्भमा समेत आइफोनमाथिको निर्भरता कम हुने देखिन्छ ।

स्मार्टफोन प्रयोगकर्ताहरुमा आइफोनको हिस्सा घट्दै गएको छ । अझ एप्पलवाच प्रयोगकर्तामा त आइफोन प्रयोगको दर ह्वात्तै घटेको छ ।

एप्पल इनसाइडरको रिपोर्ट अनुसार एप्पलले अत्याधुनिक फिचरसहितको एप्पल वाचको पेटेन्ट अमेरिकामा दर्ता गरेको छ । त्यसलाई इमेज क्याप्चरिङ एप्पलवाच भनिएको छ । यसको अर्थ एप्पलले अब एप्पलवाचमा क्यामरा पनि थप गर्ने योजना बनाएको छ ।

तर, घडीमा क्यामराले कसरी काम गर्ला ? घडी आफैंमा सानो र शक्तिशाली डिभाइस हुँदाहुँदै यसमा रहेको क्यामराको उद्देश्य के ? तर, एप्पलको योजना दृष्टिगत गर्ने हो भने उसले एप्पलवाचमा एउटा मात्र होइन, दुईटा क्यामरा जडान गर्नेछ । पेटेन्ट दर्ता रिपोर्ट अनुसार घडीको फित्तामा दुईवटा क्यामरा हुनेछन् । दुवै क्यामरामा वाइड एंगल लेन्स हुनेछन् र लेन्सहरु एकसाथ तस्वीर खिच्नेगरी स्थापित गरिएका हुनेछन् ।

एप्पलवाचमा केवल क्यामरा मात्र होइन, फेस आइडी र फेस टाइम फिचर पनि हुने बताइएको छ ।

यदि एप्पलवाचमा क्यामरा थप भएमा यसले एप्पल प्रयोगकर्ताको आइफोनमाथिको निर्भरता झनै कम हुने आकलन गरिएको छ । जसका कारण एप्पलका उपभोक्ताको सबैभन्दा रोजाइको प्रोडक्टको सूचीमा एप्पलवाचले आइफोनलाई पछि पार्ने अनुमान पनि गर्न थालिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment