Comments Add Comment

बलात्कार पीडितको अन्डरवेयरमा विवाद, संसदमा देखाइयो थोङ

२९ कात्तिक, काठमाडौं । सहमतिमा सेक्सको बहस चर्किएको बेला आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् ।

बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत हुँदैछ ।

१७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए, ‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसमा अगाडि फित्ता पनि थियो ।’

न्यायाधीशले २८ वर्षीय अभियुक्तलाई दोषी ठहर गरेनन् ।

अदालतको फैसलामा विवाद भएपछि बलात्कार पीडितमाथि आरोप लगाइएको विषय उठाउन एक महिला सांसद अन्डरवेयर लिएरै संसदमा उपस्थित भइन् ।

संसदमा निलो रंगको फित्ता वाला अन्डरवेयर देखाउँदै सांसद रुथ कोपिन्जरले भनिन्, ‘यहाँ थोङ देखाउन लाजमर्दो हुनसक्छ । तर, हामीले सोच्नुपर्छ कि एक महिलाको अन्डरवेयरलाई अदालतमा देखाइयो भने उसलाई कस्तो हुन्छ ?’

यो विषयमा सबैभन्दा पहिला ६ नोभेम्बरमा आईरिस एक्जामिनर अखबारमा रिपोर्ट प्रकाशित भएको थियो । घटनाका अभियुक्तका अनुसार सहमतिमै शारिरीक सम्बन्ध राखिएको थियो । तर, उनको वकिल एलिजाबेथ ओकोनेलले दिएको तर्कले सामाजिक सञ्जालमा निकै विवाद भएको छ ।

एक्जामिनरको रिपोर्टअनुसार उनले सोधे, ‘के प्रमाणले यो सम्भावनालाई अस्वीकार गर्छ कि उनी उभियुक्ततर्फ आकर्षित थिइन्, भेट्न र साथमा बस्न सहमत थिइन् ?

वकिलले न्यायाधीशलाई भने, ‘तपाईंले हेर्नुपर्छ कि उनले कस्तो कपडा लगाएकी थिइन् । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसको अगाडि फित्ता पनि थियो ।’

यो रिपोर्ट सार्वजनिक भएलगतै डबलिन रेप क्राइसिस सेन्टरका प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी छन् । उनले फैसलाको आलोचना गरेकी छैनन् तर, कानुनी प्रक्रियामा सुधारको माग गरेकी छन् ।

समाजवादी महिलावादी समूह रोजाले सामाजिक सञ्जालमा अभियान नै चलाएको छ भने राजधानी डब्लिनका साथै कयौं शहरमा आज प्रदर्शन पनि हुँदैछ ।

–बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment