Comments Add Comment

अमेरिकामा पढ्ने नेपाली विद्यार्थी संख्या अहिलेसम्मकै उच्च

२९ कात्तिक, काठमाडौं । सन् २०१८ मा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । अमेरिकाको शिक्षा तथा संस्कृति मामिला विभाग र ओपन डोर रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने  नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको भन्दा १४. ३ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल अमेरिकामा धेरै विद्यार्थी पठाउने विश्वका २५ देशमध्ये सबैभन्दा बढी विद्यार्थी वृद्धिदर भएको देश बनेको छ । लगातार तीन वर्ष बढेर नेपाली विद्यार्थी संख्या अमेरिकामा यो वर्ष १३ हजार २ सय ७० पुगेको छ ।

अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रो लागि ठूलो सम्पत्ति हो, शिक्षा तथा संस्कृति सहायक मन्त्री मेरी रोयसले भनेका छन् ‘हामीलाई सबै क्षेत्रका नेतृत्व आवश्यक परेको छ जसले कडा भन्दा कडा चुनौती पनि सामना गर्न सकुन् । हामीलाई यस्तो मान्छे चाहिएको छ जसले समस्याको समाधान पत्ता लगाउन सकोस्, हामीलाई सुरक्षित र समृद्ध बनाउन सकोस् ।’

सन् २०१७ १८ को शैक्षिक वर्षमा अमेरिकाका कलेज र विश्वविद्यालयमा १० लाख भन्दा बढी विदेशी विद्यार्थीले अध्ययन गरेका छन् । त्यसैगरी नेपालमा अध्ययन गर्ने अमेरिकीहरुको संख्या पनि गत वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment