Comments Add Comment

पाँच मिनेटको गीतमा अन्तर्जातीय आकर्षणको कथा

पत्रकारिता छाडेर गायनमा लागेका अंकितबाबु अधिकारीले युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘सम्झनालाई’ नामको साढे पाँच मिनेट १४ सेकेन्डको गीतमा ब्राहृमण युवा नेवार युवतीप्रति आकषिर्त हुँदा उत्पन्न भएको चुनौतीपूर्ण तथा रमाइलो परिस्थितिलाई समेटिएको छ ।

आफूलाई गीत र भिडियोमा विभिन्न किसिमका परीक्षण गर्न मन लाग्ने र यो सिर्जना पनि परीक्षणको अर्को कडी भएको अधिकारी बताउँछन् । संवत् २०७२मा भारतले नाकाबन्दी लगाउँदा अधिकारीले आफ्नो गीत मार्फत् विरोध जनाएका थिए ।

त्यसै गरी उनले डा. गोविन्द केसीको समर्थनमा पनि गीत गाएका छन् भने अन्य केही गीतले आधुनिक ढाँचामा आध्यात्मिकताको सन्देश दिएका छन् ।

गीतमा यमन सुवेदीको शब्द र किरण भुसालको सङगीत छ । नवीन चौहानले भिडियो निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment