+

रोनीको सुखद बिदाइ, इंग्ल्यान्डद्वारा अमेरिका पराजित

२०७५ कात्तिक  ३० गते ७:४९ २०७५ कात्तिक ३० गते ७:४९
रोनीको सुखद बिदाइ, इंग्ल्यान्डद्वारा अमेरिका पराजित

३० कात्तिक, काठमाडौं । वायन रोनीको बिदाइ खेलमा इंग्ल्यान्डले यूएसएलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

बिहीबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इंग्ल्यान्डले यूएसएलाई सहज रुपमा पराजित गरेको हो ।

जितसँगै इंग्ल्यान्डले रोनीलाई अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सुखद बिदाइ गरेको छ । इंग्ल्यान्डका लागि १२० क्याप खेल खेलेका रोनी सर्वाधिक गोलकर्ता पनि हुन् ।

रोनी खेलको ५८ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी जोसे लिंगार्डको स्थानमा मैदानमा छिरे पनि गोल भने गर्न सकेनन् । तर, उनको टिम इंग्ल्यान्डले भने यूएसएलाई ३ गोल गर्न सफल भयो ।

इंग्ल्यान्डका लागि लिंगार्डले खेलको २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा नै एलेक्जेन्डर एर्नोल्डले गोलगरेपछि पहिलो हाफसम्म इंग्ल्यान्डले २–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा थप १ गोल गर्दै इंग्ल्यान्डले स्पष्ट जित निकालेको हो । खेलको ७७ औं मिनेटमा विलसनले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय