Comments Add Comment

दक्षिण कोरियाको त्यो परीक्षा, जसले देशलाई ठप्प बनायो

दक्षिण कोरियामा बिहीबार १५ नोभेम्बरमा लगभग ६ लाख छात्रछात्रा सीएसएटी परीक्षामा बसे ।

देशको तीन शीर्ष विश्वविद्यालयमा भएको यो परीक्षा यति महत्वपूर्ण थियो कि पुरै देश रोकियो । यहाँसम्म कि हवाई उडान पनि ठप्प भयो ।

एक दिनका लागि यो परीक्षा हरेक वर्ष पुरै दशेको प्राथमिकता बन्छ ।

कार्यालयहरु एक घन्टा ढिलो मात्र खुल्छन् । मानिसहरु ढिला बाहिर निस्कन्छन् ताकि परीक्षा दिने छात्रछात्राहरु समयमै परीक्षा केन्द्रसम्म पुग्न सकुन् ।

परीक्षाको जुन समयमा अंग्रेजी प्रश्न सुनेर जवाफ लेख्नुपर्छ, यक्त समयमा हल्लाबाट बचाउनका लागि हवाई जहाज उडान तथा अवतरणमा समेत रोक लगाइन्छ ।

परीक्षामा सामेल सिनियर विद्यार्थीहरुको सहयोगका लागि जुनियर विद्यार्थी सडक किनारामा उभिएर बस्छन् ।

विद्यार्थीका आमावुवा जम्मा भएर प्रार्थना गर्छन् ताकि आफ्नो बालच्च्चाको गरेको मेहनत सफल होस् ।

के हो सीएसएटी ?

कलेज स्कोलास्टिक एबिलिटी टेष्ट अर्थात सीएसएटी ८ घन्टाको कठिन परीक्षा हो । यही परीक्षाले छात्रछात्राहरुका लागि प्रतिष्ठित विश्वविद्यालयको ढोका खोल्छ ।

दक्षिण कोरियाको राजधानी सोलमा तीन प्रतिष्ठित विश्वविद्यालय छ, जसमा स्काई (क्प्थ्) पनि भनिन्छ ।

सीएसएटी परीक्षा दिने केबल एक प्रतिशत मात्र यी विश्वविद्यालयमा पढ्न सफल हुन्छन् । यो वर्ष परीक्षा दिएका म्युंगजुन किम भन्छन्, ‘सबैभन्दा राम्रा तीन विश्वविद्यादष् छन्, जसलाई स्काई पनि भनिन्छ । सियोल नेशनल युनिभर्सिटी, कोरिया युनिभर्सिटी र योन्सी युनिभर्सिटी । मैले पछिल्लो तीन वर्ष कडा मेहनत गरेको छु ताकि तीन मध्ये एक विश्वविद्यालयमा अध्ययन गर्न सकुँ ।’

तीन कलेजमा सिट कम छ, त्यसैले त्यहाँ पढ्न सहज छैन । त्यसैले विद्यार्थीहरु कडा मेहनत गर्छन् । परीक्षामा राम्रो नम्बर नल्याए अरु कुनै विकल्प छन ।

मिन्सियो

परीक्षा अगाडि दिनरात तयारी गरेका मिन्सियो किम भन्छन्, ‘ती दिनहरुमा मलाई थाहा भएन कि कामकाजी दिन हो वा विदा ।’

उनी विहान ७ बजे उठेर ८ बजेसम्म स्कुल पुगिसक्थे र राति १० बजे मात्र घर फर्किन्थे ।

सामाजिक प्रतिष्ठा

कोरियामा राम्रो कलेजमा पढ्न सामाजिक दबाव धेरै छ । जो स्थानीय कलेजमा जाने निर्णय लिन्छन्, उनीहरुका बारेमा नाकारात्मक धारणा बन्ने सम्भावना धेरै हुन्छन् ।

त्यसैले हरेक विद्यार्थी सोलका विश्वविद्यालयमा भर्ना हुने प्रयास गर्छन् । सीएसएटी परीक्षा दिएकी ह्युनकुंग किम भन्छिन्, दक्षिण कोरियामा एउटा शब्द प्रचलित छ, जसलाई हामी ‘इन सोल’ भन्छौं । यसको अर्थ हो कि सोलको विश्वविद्यालयमा अध्ययन गर्न पाउन महत्वपूर्ण छ ।’

‘जसले आफ्नो कक्षामा राम्रो अंक पाउँछ, उसको लक्ष्य हुन्छ कि सोलको विश्वविद्यालय पढ्ने ।’

दक्षिण कोरियाका विद्यार्थीहरु यस कुरामा सजग हुन्छन् कि मानिसहरुले पनि कलेजका आधारमा मूल्यांकन गर्छन् ।

जसले राम्रो कलेज पढ्न पाउँदैनन्, उनीहरु आफैं पनि अरु भन्दा आफूलाई कमजोर महसुस गर्छन् । परीक्षाको तयारीका लागि छात्रछात्रा ट्युसन सेन्टर जान्छन् ।

यस्तै ट्युसन सेन्टर मध्येको एक जोंगरो एकेडेमीका सञ्चालक सियोंघी लिम भन्छन्, हाई स्कुलपछि जो कलेज जान पाएका हुँदैनन्, उनीहरु हाम्रो संस्थामा आउँछन् ।’

हाई स्कुलको जस्तै कोर्स पढ्छन् । विहान ८ बजेदेखि ५ बजेसम्म कक्षामा बस्छन् । फेरि राति १० बजेसम्म स्टडी हलमा बसेर पढ्छन् । स्टडी हलको अध्ययन अनिवार्य हुन्छ ।

बीबीसी क्यापिटलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment