Comments Add Comment

मिर्गाैला पीडित परियारलाई तनहुँ समाज यूएईको एक लाख सहयोग

दुवै मिर्गौला खराब भइ उपचाररत भानु नगरपालिका-७ तनहुँका प्रकाश परियारलाई युएईबाट आर्थिक सहयोग गरिएको छ ।

युएईमा कार्यरत तनहुँवासीको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा परियारको उपचारमा एक लाख पाँच रुपैयाँ सहयोग जुटेको हो ।

संकलित रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव सुरिन भुजेलले जानकारी दिए।

चिकित्सकले परियारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि आर्थिक अभावका कारण उनको उपचारमा समस्या हुँदै आएको छ ।

उनको उपचारमा ठूलो धनराशी खर्च हुने र परिवारले जुटाउन नसकेपछि सहयोगको अपील गरेका थिए । सोही अनुसार तनहुँ सेवा समाज युएईको पहलमा यहाँ रहेका विभिन्न संघसंस्था तथा व्यक्ति माँझ सहयोग अभियान चलाएको थियो ।

सानो सहयोगले उनको जीवन बचाउन सकिन्छ कि भन्ने हेतुले अभियानले जुटाएको ३ हजार १ सय ५२ युएई दिराम सहयोग गरेको अभियान संयोजक श्रीकृष्ण आचार्यले बताए ।

थप रकम जुटाएर प्रकाशको मिर्गौला प्रत्यारोपण गर्ने जनाउँदै परिवारले अन्य शुभेच्छुकबाट समेत सहयोगको अपेक्षा गरेको छ ।

उनी दुईवर्ष युएईमा काम गरेर नेपाल फर्किएका थिए। त्यसपछि पुनः कामका लागि भारतमा गए। तर, हालै उनको दुवै मिर्गौला फेल भएको थाहाँ पाएपछि उनी राजधानीमा नियमित डायलाइसिस गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment