+
+
Shares

मृत्युपछिको चाहना पूरा गर्न लाखौँ खर्च

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते ११:५२

मृत्यु भन्ने कुरा सुन्दैमा डर लाग्दछ । तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरुलाई मृत्युको शौख हुन्छ । अनि मृत्युको शौख पूरा गर्नका लागि जिउँदै हुँदा नै लाखौँ रुपैयाँ खर्च गर्दछन् ।

हैदरावादको राय दुर्गम नामक गाउँका हिन्दु धर्माबलम्बीहरुमा यस्तो अनौठो प्रथा रहेको छ । उनीहरु अनौठो मृत्यु पर्व मनाउँदछन् ।

गाउँलेहरुमा मृत्युपछि आफ्नो वंशका साथ एउटै घाटमा समाधि हुने चाहना हुनछ । सोही चाहना पूरा गर्नका लागि मानिसहरु जमिन खरीद गर्दछन् । ता कि मानिसहरु सोही ठाउँमा आफ्नो दाहसंस्कार गरी परणोपरान्त आफ्नो समाधी स्मारक बनाइयोस् ।

महाप्रस्थानम् नामक अन्त्येष्टि व्यवस्थापन संस्थाले मानिसहरुका लागि अन्त्येष्टि स्थलको व्यवस्था गर्ने गरेको छ । मानिसहरुमा मृत्युपछि आफ्नो सुन्दर चिहान बनोस् भन्ने चाहना हुन्छ । त्यसैले मरेपछि आफ्नो चिहान बनाउनका लागि उनीहरुले जिउँदै छँदै अग्रीम जमिन किन्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?