३० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ ।
फिर्ता बोलाउने निर्णय सार्वजनिक भएको भोलिपल्ट शुक्रबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक र कुटनीतिक अनुभव संगालेका थापालाई राजदुतबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन ।’
राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले बिना मापदण्ड राजदुत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने भएकाले आफूहरूले विरोध गरेको बताए ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा कार्यरत राजदुत निरञ्जन थापालाई तीन साताको म्याद दिएर फिर्ता बोलाएर डा. अञ्जान शाक्यलाई पठाउने निर्णय गरेको थियो ।
दक्षिण अफ्रिका लागि नेपाली राजदुत अर्जुनबहादुर राईलाई समेत फिर्ता बोलाउने निर्णय गरे पनि त्यसको भने राप्रपाले विरोध गरेको छैन ।
प्रतिक्रिया 4