Comments Add Comment

सेन्सरीन्यूरल बहिरोपनाको कारण र उपचार

सेन्सरीन्यूरल हियरीङ लस  (एसएनएचएल) एक प्रकारको बहिरोपना हो । कानको आन्तरिक भागमा हुने नोक्सानको कारण यो समस्या निम्तन्छ । बहिरोपनाकाे समस्या भएका मानिसहरुमध्ये अधिकांशलाई यो समस्या हुन्छ ।

कानबाट मस्तिस्क सम्म जाने नशामा क्षति हुने कारण सेन्सरीन्यूरल हियरिङ लस हुन्छ ।

यी हुन् सेन्सरीन्यूरल बहिरोपनाको लक्षण

-केही आवाज एउटा कानमा अत्याधिक चर्को सुनिन्छ ।
– दुई वा दुई भन्दा धेरै मानिसहरु कुरा गरिरहेको बेला कुराकानीको क्रममा तपाईलाई सुन्न समस्या हुन्छ ।
-धेरै होहल्ला भएको क्षेत्रमा तपाईंलाई सुन्न समस्या हुन्छ ।
-महिलाहरुको आवाजको तुलनामा पुरुषको आवाज सुन्न सजिलो हुन्छ ।
-अन्य मानिसको आवज कमजोर वा लडखडाउँछ ।
-पृष्ठभूमीमा होहल्ला हुनाले तपाईंलाई सुन्न समस्या हुन्छ ।

यसका अन्य लक्षण निम्न छन्

-शरीर सन्तुलित नहुने वा चक्कर आउने
-कानमा कुनै आवाज बजिरहने वा गुञ्जिरहने

सेन्सरीन्यूरल बहिरोपनको कारण

कानको आन्तरिक भागमा सानो रौं जस्ता कोषहरु हुन्छन् जसले विद्युत संकेतमा ध्वनीलाई परिवर्तन गर्छ । त्यसपछि नशाले यी संकेतहरुलाई मस्तिस्कमा लैजान्छ ।

सेन्सरीन्यूरल बहिरोपनाले यी विशेष कोषहरुलाई नोक्सान पुर्याउँछ । कानको आन्तरिक संरचनामा नोक्सानको कारण मानिसलाई सुन्न गाह्रो हुन्छ ।

सेन्सरीन्यूरल हियरिङ लस कसैलाई जन्मजात अवस्थाबाटै हुन्छ भने धेरैजसोलाई पछि युवा वा वयस्क भएपछि हुन्छ । बच्चालाई जन्मजात हुने सेन्सरीन्यूरल बहिरोपनको कारण धेरैजसो वंशाणुगत सिन्ड्रोम र गर्भमा आमालाई कुनै संक्रमण भएमा हुन्छ ।

त्यस्तै बच्चा वा वयस्कमा हुने सेन्सरीन्यूरल हियरिङ लस निम्न कारणले हुन सक्छः

-उमेर बढ्दै जाँदा सुन्ने क्षमतामा कमी आउने कारण
-रक्तनलीको रोग
-प्रतिरक्षा रोग
-विभिन्न प्रकारका संक्रमण जस्तैः मेनिनजाइटिस, मम्प्स, स्कार्लेट ज्वरो
-लडेर वा कुनै दुर्घटनाको कारण गम्भिर चोट लाग्नाले
-चर्को र कर्कश ध्वनी वा आवाजमा लामो समयसम्म रहनाले
-मेनिएर रोगको कारण
-ट्युमर जस्तै ध्वनीक न्यूरोमा हुनाले
-केही हानीकारक औषधिहरुको सेवनको कारण
-हरेक दिन चर्को स्वरको वरिपरि काम गर्नाले
त्यस्तै केही मामिलामा भने यसको कारण अज्ञात छ ।

सेन्सरीन्यूरल हियरिङ लसको समस्या देखिएका बिरामीलाई चिकित्सकले उनीहरुको श्रवणशक्ति कत्तिको कमजोर भएको छ त्यहि आधारमा उपचार गर्छन् । यस्तो समस्या भएका मनिसहरुलाई गरिने उपचारको लक्ष्य श्रवणशक्तिमा सुधार गर्नु नै हो ।

त्यसैले यस्तो समस्याको उपचारमा निम्नलिखित तरिका प्रभावकारी हुन्छन्ः

-कानको मेसिन प्रयोग गर्ने
-टेलिफोन एम्प्ली फायर र अन्य सहायक उपकरण
-तपाईंको घरको लागि सुरक्षा र चेतावनी प्रणाली प्रयोग गर्ने
-गम्भिर रुपमा बहिरोपनाको उपचार खासै नहुने भएकाले सांकेतिक भाषाको प्रयोग गर्ने ।
-अरुले बोल्दा ओठ कसरी चल्छ त्यो पढ्ने र संचार सहयताको लागि दृश्य संकेतको उपयोग गर्ने

धेरै गम्भिर श्रवण हानी भएका केही मानिसको लागि भने एक कोचलियर इम्प्लान्टको सिफारिस गरिन्छ । यस्तो इम्प्लान्ट वा प्रत्यारोपणको लागि सर्जरी गरिन्छ ।

प्रत्यारोपणले ध्वनीलाई अलि तिव्र महसुस गराउँछ तर यसले सामान्य सुनुवाई भने फेरि फर्काउन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment