Comments Add Comment

डीपीएल माघ तेस्रो सातादेखि

३० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि सुरु हुने भएको छ ।

काठमाडौंमा शुक्रबार धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिता यही माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने जानकारी दिएको हो ।

यो पटक पनि ६ टिम सिटी फ्रेन्चाइज बेसमा लिग हुनेछ । डीपीएल–३ मा भाग लिने टिमहरुमा टिम चौराह धनगढी, सीवाइसी अतरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स रहेका छन् ।

टि–ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगिताका प्रत्येक टिमले एक–अर्कासँग १–१ खेल खेल्न पाउने छ । शीर्ष ४ टिम प्ले अफमा पुग्ने छन् । लिग चरणको तालिकामा पहिलो र दोस्रो हुने टिमले फाइनल प्रवेशका लागि खेल्ने छ । यसमा पराजित हुने टिमले लिगको तेस्रो र चौथो हुने टिमसँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छ ।
डीपीएलको मुख्य प्रायोजकमा यसवर्ष पनि रुस्लान रहेको छ । डीपीएल–३ का निर्देशक सुवास शाही र विजय डिस्टिलरीका सीईओ सतिस कर्णले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार विजय डिस्टिलरीले १ करोड १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment