+
+
Shares

‘सय कडा दश’को ‘दाइलाई कुरा लाइदिनी’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १६:१६

रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर, रामशरण पाठकको शब्द, कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललाई देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा मनोज गजुरेल र राजाराम पौडेल छन् । भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई यो चलचित्रले उठान गरेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलार्ई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा चलचित्रका सह–निर्माता हुन् । माघ १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?