जमाना हेर्ने गीतको छ । यही सिलसिलामा सोना अमात्यले पनि गीतको भिडियो सार्वजनिक गरेकी छिन् । गीतको बोल छ, ‘म त खुल्ला छु’ ।
भनिहालौं, यो नारीप्रधान गीत हो । सोनाले गीतमार्फत महिला शसक्तिकरणको कुरा गरेकी छिन् । यसलाई आनन्द अधिकारीले लेखेका हुन् । शिखर प्रसाईले संगीत दिएका हुन् ।
सोनाको गीतको म्युजिक भिडियो विबेकसिंह ठकुरीले निर्देशन गरेका छन् । गीतमा सोना आफैले अभिनय गरेकी छिन् । त्यसो त उनी गायिका मात्र होइनन्, मोडल पनि हुन् । दर्जनौ गीतमा स्वर दिइरहेकी सोना शास्त्रिय संगीतमा साधनारत छिन् ।
फुल सर्कल पि्रजेन्टस ‘म त खुल्ला छु’ मा नेपालका बिभिन्न मनोरम स्थलका दृश्या कैद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4