Comments Add Comment

सरकार अब अध्ययन मात्रै गरेर बस्दैनः ऊर्जामन्त्री

३० कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडासहित विश्व बैंकका उपाध्यक्षसहितको टोलीले किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेको छ । मन्त्रीहरुसहित सरकारी र दातृ निकायको टोली पुगेपछि स्थानीयले वर्षौंदेखि आयोजनाहरु अध्ययनमै सीमित राखिएकोमा आक्रोस पोखेका थिए ।

जवाफमा ऊर्जामन्त्री पुनले आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तो मात्रै भएको टिप्पणी गर्दै अब आयोजनाहरु निर्माण्को चरणमा लैजाने कुरामै सरकारको प्राथमिकता रहेको सनाए ।

उनले किमाथांका आयोजना बनाउन चीन सरकारले चासो दिएकाले अब छलफलमार्फत सबै विषय टुंग्याएर अघि बढ्ने बताए । उनले जलविद्युत् नै समृद्धिको आधार भएको भन्दै जनतको लगानीमा नै ठूला आयोजनाहरु बनाउन सरकार प्रतिवद्ध रहेको भनाइ राखे ।

उनले अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको बताउँदै उनले यसअन्तरगतका ससबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने दावी गरे ।

उनले तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढ्ने बताउँदै अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको जानकारी दिए । यस्तै उनले माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको बताउँदै मन्त्री पुनले अब सरकार कन्सल्टेन्सीको जस्तो मात्रै काम गरेर नबस्ने जिकीर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment