+
+

प्रदेश ५ सरकारले आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १९:३६

३० कात्तिक, बुटवल । प्रदेश सरकारले आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले सो विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रदेशमा भैपरी आउने विपद् व्यवस्थापन लगायतका लागि आकस्मिक कोष बनाउनका लागि प्रदेश सरकारले उक्त विधेयक ल्याएको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले त्यसको तयारी स्वरुप वित्त हस्तान्तरणमार्फत थप भएर आएको १ अर्ब ५५ करोड ९२ लाख ६४ हजार रुपैयाँ खर्च गर्न अख्तियारी दिएको छ । प्रदेश सभाबाट अनुमोदन गराउने गरी सो रकम खर्च गर्न अख्तियारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए ।

यस्तै बैठकले प्रदेश विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति पनि दिएको छ । मन्त्रिपरिषद् बैठकले साउनदेखिको चौमासिकको समीक्षा गरेको छ । साउनदेखि २० वटा बैठक र त्यसअघि ७ वटा बैठक बसेकोमा १ सय २८ निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चरणवद्ध रुपमा मन्त्रालयगत छलफल र समीक्षा भएको भन्दै उनले केही दिनमै समग्र रिर्पोट तयार पारेर सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?