Comments Add Comment

एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ

३० कात्तिक, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले बारामा घुससहित नेपाल प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो आयोगबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

एक जना व्यापारीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको आयोगले जनाएको छ ।

भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग रकम माग गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालयमा फटिक (सरसफाई विभाग) कमाण्डरको रुपमा कार्यरत् थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment