+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बक्यौता नतिर्ने सौर्य एयरलाइन्सको उडान रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते २०:१५

३० कात्तिक, काठमाडौं । सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न शीर्षकको बक्यौता चुक्ता नगरेपछि उडान नै प्रभावित हुने सम्भावना बढेको छ । झण्डै १ करोड ८० लाख बक्यौता नतिरेपछि सौर्यको उडान आइतबार १२ बजेबाट रोक्ने योजनामा प्राधिकरण छ ।

त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार सौर्यले बक्यौता तिर्न ढिलाइ गरिरहेकाले राम्रो रकमको किस्ता नबुझाएसम्म केही दिन उडान रोक्ने बताए । विमानस्थलले यस्ता विमान कम्पनीको उडान केही घण्टा रोकिदिए पछि बक्यौता उठ्ने पुरानो परिपाटी भइसकेको छ ।

क्षेत्रीले आइतबार १२ बजेसम्म बक्यौता नतिरे सौर्यलाई कारवाही गरिने बताए । नियमअनुसार ६० दिनसम्म सेवा शुल्क नतिरेमा उडान रोक्न सकिन्छ । अहिले सौर्य एयरलाइन्सले अहिले एउटा मात्रै जहाजले सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?