Comments Add Comment

पोखरामा २ हुण्डी कारोबारी पक्राउ

३० कात्तिक, पोखरा । हुन्डी करोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र उनकै कम्पनीमा कार्यरत प्रकाश थापा छन् ।

उनीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको आरआइटी टोलीले शुक्रबार पक्राउ गरेको छ । गुल्मी ४ घर भई पोखरा-५ बस्दै आएका ५१ वषर्ीय ज्ञवाली र कामदार थापालाई उनकै कार्यालयबाट पक्राउ गरेको हो ।

उनीबाट १ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । केही वर्षअघिदेखि नै उनले हुन्डीको कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।

प्रहरी टोलीले मनिट्रान्सफरमा गई बुझ्दा हङकङबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रबहादुर गुरुङले जानकारी दिए ।

हुन्डी कारोबार गरेको पुष्टी भएपछि मनिट्रान्सफरका सञ्चालक तथा कर्मचारीसँगै कम्प्युटर, मोबाइल र कागजात नियन्त्रणमा लिएको डिएसपी गुरुङले बताए ।

केही वर्षअघि हुन्डीमार्फत पैसा ओसारपोसार गर्ने क्रममा उनीहरुबाट ठूलो रकम पनि लुटिएको प्रहरी बताउँछ । त्यति बेला उनीहरुले प्रहरीलाई जानकारी नै नदिएको स्रोतले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment