+
+
Shares

आइफोन एक्समा भाइरस, प्रयोगकर्ताका तस्वीर ह्याकरको हातमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते १२:१८

काठमाडौं । एप्पलको लोकप्रिय आइफोन एक्समा बग अर्थात् भाइरस आक्रमण भएको छ । उक्त बगको सहायताले ह्याकरहरुले प्रयोगकर्ताका तस्वीरमाथि धावा बोल्न सफल भएका छन् ।

जसका कारण प्रयोगकर्ताले फोनबाट पहिले नै डिलिट गरिसकेका तस्वीरहरु समेत ह्याकरहरुले हात पार्न सफल भएका छन् ।

सफारी ब्राउजरको माध्यमबाट ह्याकरहरुले यस्तो सफलता प्राप्त गरिरहेको बताइएको छ ।

वास्तवमा आइओएस १२.१ मा चल्ने एप्पल डिभाइसमा एक नेटिभ फोटो एप उपलब्ध छ । उक्त फोटो एपमा रिसेन्टली डिलिटेड अर्थात् पछिल्लो समयमा डिलिट गरिएका तस्वीरहरु संग्रहित हुने एउटा एल्बमको अप्सन छ । जिमेलको ट्रयास फोल्डरजस्तै प्रकारको उक्त एल्बममा डिलिट गरिएका तस्वीरहरु ३० दिनसम्म संग्रहित हुन्छन् ।

सोही एल्बममा अहिले ह्याकरहरुले पहुँच स्थापित गरेका हुन् । यसरी ह्याकरहरुले प्रयोगकर्ताका निजी तस्वीरहरु चोर्न सफल भएका छन् ।

हालै जापानको टोकियोमा आयोजित मोबाइल पन टू अन प्रतियोगितामा रिचर्ड जहू र अमट क्याम नामका दुई व्यक्तिले उक्त बग पत्ता लगाए । सो बापत उनीहरुलाई ५० हजार डलर पुरस्कार प्रदान गरियो ।

आइओएस १२.१ मा चल्ने आइफोन एक्समा देखिएको यो बगलाई हटाउने प्रयास एप्पलले गरिरहेको बताइएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?