+
+
Shares

डडेलधुरामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते १२:०९

१ मंसिर, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका-४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका-३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नबिन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीया गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मीला अवस्थी रहेका छन् । थप घाइतेको परिचय खुल्न बाँकी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?