३० कात्तिक, काठमाडौं । सरकारले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकको रिपोर्टमाथि आपत्ति जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले यो रिपोर्टले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई भनिसकेको बताए ।
नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनले नेपाललाई ५ अंक तल झारिदिएको छ । यसअघि नेपालको अंकभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ ।
कर दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री खतिवडाले त्यसको पुनरावलोकन हुने स्पष्ट गरे ।
‘करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारिदिएकामा हाम्रो आपत्ति छ, यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ,’ उनले भने, सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि किसिमको कम्पनीले बेहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर तल झारी दिएकोबारे अध्ययन गर्न विश्वक बैंककै टोली आउँछ ।’
नेपालले विश्व बैंकको मूल्यांकनमा समस्या देखाएको जानकारी दिँदै उनले भनेे, ‘विश्व बैंकले मिसन टोली पठाउँछु भनेको छ, पुनरावलोकन हुन्छ ।’ उनले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइने समेत बताए ।
कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने उनले बताए । विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ विजनेशमा ११०औं स्थानमा छ । अघिल्लो वर्ष १०५औं स्थानमा राखिएको थियो । कर तिर्ने प्रक्रिया र पेइङ ट्याक्समा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएको थियो ।
श्रमिकको सामाजिक सुरक्षा र अवकाशपछिको पेन्सनका लागि रकम व्यवस्था गरेर कर विवरण पेश गर्ने र मासिकरुपमा कर कार्यालयमा त्यो विवरण उपलब्ध गराउने व्यवस्था गरिएकै आधारमा नेपाललाई तल झारिएको उनको दावी छ ।
कर फाइलिङमा समस्या देखाएर समग्र सूचकमा तल झार्नु न्यायसंगत नहुने सरकारको हठर छ । लोककल्याणकारी राज्यको अवधारणाबाट काम गर्दा यस्तो रिपोर्ट आएको निश्कर्ष निकाल्दै सरकारले त्यसमा आफ्नो ध्यानाकर्षण जनाएसकेको खतिवडाले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4