+
+
Shares

चितवनबाट हराएका सुदिप तेह्रथुममा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते २०:३१

१ मंसिर, चितवन । एक महिना अगाडि मात्र बिहे गरेका कालिका नगरपालिका-६ का सुदिप सापकोटाले सोमबार एकाएक हराए । अष्ट्रेलियाको भिसा लागेको भन्दै सापकोटाले विदेशीने तयारीमा रहेका २४ वषर्ीय सुदिप कात्तिक २६ गते सोमबार आवश्यक सामान खरिद गर्न वुवासँगै नारायणगढ बजार झरेका थिए ।

वुवा गंगाप्रसाद गौरीगञ्ज जाने काम छ भन्दै मोटरसाइकलमा गए । उनी म्याजिकमा घर जाने भन्दै हिँडे ।

गंगाप्रसाद गौरीगञ्ज पुगेर घर आउँदा पनि सुदिप आइपुगेका रहेनछन् । साँझसम्म उनी नआएन् । भर्खरै बिहे गरेको र अष्ट्रेलिया जाने तयारीमा रहेका छोरा हराएपछि परिवारका सदस्यहरु आत्तिए ।

प्रहरीलाई खबर गरे, स्थानीयहरु सहित जंगल क्षेत्र हुँदै भरतपुर एवम् नारायणगढ क्षेत्र खोजी गरे तर, भेटिएनन् । चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभाका सांसद घनश्याम दाहालले पनि चासो दिए । घटनाबारे यथार्थ पत्ता लगाउन प्रहरीमाथि दबाव बढ्यो ।

सुदिपको मोबाइल अफ थियो । तर, उनले मोबाइलमा चलाएको वाइफाइका आधारमा लोकेसन ट्रयाक भयो ।

तेहथुमको ब्लू हेभन होटलमा बसिरहेको अवस्थामा सुदिप भेटिए । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधी ज्ञवालीका अनुसार अष्ट्रेलिया जान भनेर सापकोटाले बनाएको सबै डकुमेन्ट फेक देखिएको छ ।

उनले अष्ट्रेलियाको पिआर नै पाएको भन्दै बिहे गरेका रहेछन् तर, सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा फेक देखिएको पाइएको डीएसपी ज्ञवालीले बताए । नक्कली कागजपत्र बनाएका कारण सापकोटा भागेको हुनसक्ने डीएसपी ज्ञवालीको अनुमान छ ।

सापकोटा तेह्रथुम प्रहरीको नियन्त्रणमा छन् । उनलाई लिन परिवारका सदस्यहरु गएको वुवा गंगाप्रसादले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?