Comments Add Comment

अष्ट्रेलियासँगको टि–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले जित्यो

२ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाले अष्ट्रेलियासँगको एक मात्र खेलको टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली अष्ट्रेलिया २१ रनले पराजित भएको हो । वर्षाको कारण खेल १० ओभरमा छोट्याइएको थियो । त्यही १० ओभरमा १०९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले सहज जित निकालेको हो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्श्वेलबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । म्याक्श्वेलले ३८ रन बनाएका थिए । उनले २३ बलको सामाना गर्दै २ छक्का २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्रिस लिनले १४ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिस्ले २७ रन बनाउँदा क्विन्टन डि कक्ले २२ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment