Comments Add Comment

प्रयोग गरिसकेका स्यानिटरी प्याड किन खाइरहेका छन् यहाँका मानिस ?

नशाका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ? नशाका लागि लागूऔषध, रक्सी तथा गाँजा सेवन गर्ने गर्छन् मानिसहरु । तर, इण्डोनेसियामा मानिसहरुले नशाका लागि यस्तो चिज खान्छन् जुन सुन्दैमा होस उड्छ ।

इण्डोनेसियाका कतिपय क्षेत्रमा मानिसहरुले रजश्वलाका क्रममा महिलाले प्रयोग गरेका स्यानिटरी प्याड तथा बच्चाबच्चीहरुका लागि प्रयोग गरेका डाइपरहरु पानीमा उमालेर त्यस्तो पानी पिउने गर्दछन् । लठ्ठाउने नशाको रुपमा मानिसहरु यस्तो चिज प्रयोग गर्दछन् ।

किशोर किशोरीहरुमा यस्तो वस्तुको सेवनको दर बढिरहेको बताइन्छ । रक्सी, ड्रग्स तथा चुरोट खरीद गर्नका लागि पैसा नहुने युवकहरुमा पनि यस्तो नशाको दर उच्च रहेको बताइन्छ । त्यहाँ फोहोरको थुप्रोमा प्रयोग गरिसकेका स्यानिटरी प्याड खोज्ने मानिसहरु भेटिन्छन् ।

डाक्टरहरुले भने नशाका लागि स्यानिटरी प्याड उमालेर खानु प्राणघातक हुनसक्ने बताउँछन् । स्यानिटरी प्याडमा सोडियम पोलीक्राइलेट हुन्छ, जुन रगत सोस्नका लागि प्रयोग हुन्छ । सोही केमिकलले मानिसहरुले लठ्ठाउने पनि गर्दछ । तर, त्यो रसायन निकै हानिकारक हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment