Comments Add Comment

नेकपा नेताको गुनासोः सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेन

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् ।

उनले भने, ‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम-स्पिरिट देखिएन ।’

आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेकपाका नेता सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक-थु हुनुपर्छ ।’

पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकाले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए । उनले थपे, ‘अब बस्ने सचिवालय बैठकमा सरकारबारे समिक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’

वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले सुनाए । ‘तर, पनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भयो’ उनले भने, ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक-थ्रु गर्न सकेन ।’

सरकार रणनीतिक महत्वका काम गर्न भने पूर्ण सफल भएको उनले दाबी गरे । अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड-लक्डबाट ल्याण्ड-लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment