Comments Add Comment

थ्रीस्टारको नतिजाबाट सन्तुष्ट छु– प्रशिक्षक केसी

२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ५–१ ले हराएको छ । लिगमा थ्रीस्टारले लगातार दोस्रो जित निकाल्दा प्रशिक्षक मेघराज केसी खुशी देखिएका छन् । ।

जितपछि पोष्ट म्याच कन्फ्रेन्समा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेलेको बताउँदै आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले भने ‘आज केटाहरुले राम्रो खेलेका छन् । हाम्रो लागि सबै टिम उत्तिकै बलियो मानेर खेल्छौं । अब अनउने खेलमा पनि हामी यो लयलाई निरन्तरता दिन्छौं ।’

यता, ब्रिगेड ब्वाइजका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बलियो मानिएको थ्रीस्टारसँग आफ्नो खेलाडीले राम्रो खेलेको बताए । उनले भने ‘खेलको मुख्य टर्निङ प्वाइन्ट नै पेनाल्टी भयो । तर हामीले दोस्रो हाफको सुरुवाती मै उत्कृष्ट प्रदर्शन गर्दै दबाब दिएका थियौं । टिममा स्कोर गर्ने खेलाडी नै लगतै घाइते हुदा थप दबाब परेको प¥यो ।’

थीस्टारले खेलको खेलको नवौं मिनेटमा नै रञ्जित धिमालको गोलबाट अग्रता बनाएको थियो । ब्रिगेड ब्वाइजका रन्दीप पौडेलले निराजन खड्कालाई डिबक्सभित्र फल गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा १–० गोलले अघि रहेको थ्रीस्टारले दोस्रो हाफमा थप चार गोल गर्दा ब्रिगेड ब्वाइजले एक गोल गर्न सफल भयो ।

खेलको ५१ औं मिनेटमा सुनिल बलले गोल गरे । उनले रञ्जन विष्टको पासमा गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजका लागि राजन तिवारीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्‍याएका थिए ।

८४ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै खेल ३–१ गोलको स्थितिमा पुर्‍याएका थिए । त्यसको पाँच मिनेटपछि अर्थात खेलको ८९ औं मिनेटमा निराजन खड्काले गोल गर्न सफल भए । सुनिल बलको क्रस पासमा रञ्जनले बललाई मिलाई दिएका थिए भने निराजनले उत्कृष्ट गोल गर्दै ४–१ गोलको स्थितिमा पु¥याएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा कप्तान विक्रम लामाले गोल गर्दै थ्रीस्टालाई ५–१ गोलको फराकिलो जित दिलाए ।

कप्तान विक्रमको उत्कृष्ट पुनरागमन

कप्तान विक्रम लामा लामो समयपछि टिममा पुनरागमन गरेका छन् । गत वर्ष धरानमा बुढासुब्बा गोल्डकपबाट गम्भीर घाइते भएका विक्रमले लामो समयपछि टिममा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आफ्नो टिमलाई जित दिलाउने क्रममा विक्रमले एक गोल पनि गर्न सफल भए । उनले सुनील बलको क्रस पासमा हेडर गोल गरेका थिए । उनले थ्रीस्टारको कप्तानको भूमिका निभाउँदै पूरै ९० मिनेट मैदानमा विताएका थिए ।

प्रशिक्षक मेघराज केसीले विक्रम पहिलेको भन्दा धेरै राम्रो खेलाडी भएर मैदानमा फर्किएको बताए । उनले भने ‘पहिलेको भन्दा राम्रो भएर पुनरागमन गरेका छन् । खेलअवधिभर राम्रो खेलेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment