Comments Add Comment

बीआरआई परियोजनामा सबैको जीत हुनुपर्छः अर्थमन्त्री

२ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना ‘विन-विन सिचिवेसन’मा आधारित हुनुपर्ने बताएका छन् । उनले ‘दिने र लिने’मा भन्दा यस्ता महत्वपूर्ण परियोजना सबैको हितमा आधारित हुनुपर्नेमा जोड दिए । उनले सबैको जीत हुने गरी बन्ने परियोजनाले नै विकासमा अपनत्व महसुश गराउने तर्क गरे ।

आईतबार नेपाल-चीन मैत्री मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताए । अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

‘हामीसँग पूर्वाधारमा लगानी गर्ने पर्यापत पुँजी छैन । तर, हामीसँग पर्यटन र पूर्वाधारमा अथाह सम्भावना छ,’ अर्थमन्त्री खतिवडाले भने,’बीआराईबाट नेपालले पनि पर्याप्त लाभ उठाउन चाहान्छ । यसबाट प्रविधि हस्तातरण र कनेक्टिभिटीको विस्तारमा ठूलो मद्दत पुग्छ ।’

उनले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एशीयाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चीनकी राजदुत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पारिन् ।

उनले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गरिन् । राजदुत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने तर्क पनि राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment