Comments Add Comment

६ काइदाः फोक्सोमा जम्मा भएका विषाक्त तत्व बाहिर निकाल्ने

हामी ठान्छौं, ‘चुरोट तान्ने व्यक्तिको फोक्सो खराब हुन्छ ।’ कुरा सही हो । सही के पनि हो भने, अहिले पर्यावरण पनि शुद्ध छैन । यसकारण चुरोट सेवन नगरेपनि धुलो-धूँवा, दुर्गन्ध आदिले हाम्रो फोक्सो दुषित बनाउँदैछ । अर्थात चुरोट सेवन नगर्नेको पनि फोक्सो सुरक्षित छैन ।

फोक्सो, जसले शरीरमा श्वासप्रश्वास प्रक्रियालाई सघाउँछ । भनौं, श्वासप्रश्वासको मूख्य हिस्सा नै फोक्सो हो । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन आपूर्ति गर्न र शरीरमा जम्मा भएको कार्वनडाइअक्साइड निष्कासन गर्ने काम गर्छ ।

तपाईं/हामीलाई थाहै छ, शरीरमा अक्सिजनको मात्रा पर्याप्त भएमा हामी स्वस्थ रहन्छौं । अपर्याप्त भएमा त्यसैले रोग निम्त्याउँछ । प्राण धान्नका लागि खाना, पानी र आरम जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध वायुको छ ।

तर, हामी जतिसुकै सर्तक हुँदाहुँदै पनि फोक्सोमा दुषित वायु जम्मा हुन थाल्छ । किनभने अहिलेको पर्यावरण नै त्यस्तो छ । अझ काठमाडौं जस्तो उच्च प्रदूषित शहरमा त यसैपनि फोक्सो विषालु बन्ने नै भयो । यसरी विषाक्त हुँदै गएको फोक्सोलाई कसरी शुद्धिकरण गर्ने त ?

के हुन्छ फोक्सो विषाक्त भए ?

प्रदुषित वातावरणको कारण श्वासप्रश्वासको क्रममा विभिन्न किसिमका धुलोका कणहरु लगाएतका टक्सिनहरु जम्मा भएर फोक्सोभित्र पुग्छन् ।

यसले स्वासप्रस्वासमा समस्या, एलर्जी, फोक्सोमा संक्रमण लगाएतका विभिन्न घातक रोगहरु समेत लाग्न सक्छ । त्यसैले यसबाट बँच्नको लागि यसबाट बच्नको लागि फोक्सोबाट विषाक्त पदार्थ बाहिर निकाल्न जरुरी छ ।

कसरी शुद्धिकरण गर्ने ?

आफ्नो आहारमा यस्ता खानेकुरा समावेश गरेमा हामीले फोक्सोमा जम्मा भएका यस्ता विषाक्त पदार्थ बाहिर निकाल्न सक्छौंः

१. भिटामीन सी युक्त फलफूल

भिटामिन सी युक्त आहारले फोक्सोलाई सफा बनाउने काम गर्छ । किवी, सुन्तला, कागती लगाएतका अमिलो फलफूलले फोक्सोलाई स्वस्थ र मजबुत बनाउँछ ।

२. ज्वानो

जडिबुटी फोक्सोलाई स्वस्थ राख्नमा धेरै फाइदाकारी छ । त्यस्तै जडिबुटी मध्ये एक हो ज्वानो । यसमा भिटामिन र पोषक तत्व हुन्छ जसले हिस्टामिनलाई कम गर्छ । जसकारण फोक्सोको माध्यमबाट अक्सिजनको प्रवाह सहज हुन्छ ।

३. पुदिना

पुदिनामा पाइने एन्टीअक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि लाभकारी हुन्छ । यसले मांसपेसीलाई आराम दिएर श्वासप्रश्वास प्रणालीको बाटोलाई सजिलो बनाइदिन्छ । साथै यसले फोक्सोमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकालेर फोक्सो स्वस्थ बनाउँछ ।

४. जेठीमधु

बोलीचालीको भाषामा जेठीमधु भनिने यष्टीमधुको एन्टीइन्फ्लेमेटरी गुणले फोक्सोको संक्रमणलाई टाढा गर्न धेरै मद्धत गर्छ । घाँटी खराब भएमा, सास फेर्न समस्या आदि भएमा मुलेठी चुस्नाले श्वासप्रश्वास प्रणाली सफा हुन्छ । जसकारण फोक्सोले सजिलै आफ्नो काम गर्न थाल्छ ।

५. अदुवा

दिनमा एकपटक तातो पानीमा अदुवाको रस र थोरै मह मिसाएर पिउनुहोस् । यसले फोक्सोमा जम्मा भएको विषाक्त पदार्थ सजिलैसँग बाहिर निकाल्छ । गर्मीको मौसममा भने यसलाई नपिउनुहोस् ।

६. अनार

अनारको एन्टीअक्सिडेन्ट फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्छ । नियमित रुपमा दिनमा १ कचौरा अनार खाएमा फोक्सो स्वस्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment