Comments Add Comment

‘गुनगुन’ हटाइएपछि निर्माता र अष्टनारायण हल मालिकविच आरोप–प्रत्यारोप

कात्तिक ३० गतेबाट रिलिज भएका ३ नेपाली चलचित्रले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । कात्तिक ३० गते रिलिज भएको नायिका संचिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाण्डौको अष्टनारायण हलका मालिकविच आरोप–प्रत्यारोप चल्न थालेको छ ।

कात्तिक ३० गते शुक्रबार नै चलचित्र हलबाट उतारिएपछि यसका निर्देशक पुकार भट्टराइले अष्टनारायण हललाई कारबाही गर्न माग गरेका छन् । उनले चलचित्रले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा चलचित्र नलगाएको भन्दै निर्मातालाई मार्न खोज्ने हललाई कारबाही गर्न र क्षतीपूर्ती भराउन अपिल गरेका छन् ।

चलचित्रका निर्देशकले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका संचालकले विज्ञप्ती नै निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको चलचित्रको दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको संचालकले बताएका छन् ।

अष्टनारायण हलका संचालकमध्येका एक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशत भन्दा कम अकुपेन्सी भएपछि चलचित्र हलबाट उतार्न पाइने संझौता अनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment