Comments Add Comment

जंकफुडमा लोभिएका टिनएजर्सका लागि सन्तुलित डाइट प्लान

टिनएजर्सलाई सोध्नै पर्दैन, के खान मनपर्छ भनेर । किनभने उनीहरुको रेडिमेड जवाफ हुन्छ, ‘पिज्जा, बर्गर ।’

उनीहरुको दैनिक खान्कीमा दालभात होइन, मम, चाउमिन लगायत फास्टफूड हुन्छ । त्यसबाहेक कुरकुरे, लेज, आलुचिप्स, कोल्ड डि्रंकमा उनीहरुको जिब्रो लोभिएको छ । त्यही कारण त टिनएजर्स आफ्नो भान्सा भन्दा बढी रेष्टुरेन्ट चाहरिरहेका हुन्छन् ।

जबकी टिनएज अर्थात किशोरावस्थामा खानपानको विशेष महत्व छ । किनभने यो एक संवेदनशिल चरण हो, जतिबेला शारीरिक र मानसिक परिवर्तनहरु तिब्र रुपमा हुन्छ । त्यसैले समुचित शारीरिक विकासका लागि पनि टिनएजर्सले सन्तुलित खानेकुरा खानुपर्छ । तर, उनीहरु सन्तुलित एवं पौष्टिक खानेकुरा नभई जंकफूडमा लोभिएका छन् । यसको नतिजा, उनीहरुमा मोटोपन लगायत विभिन्न समस्या देखापर्न थालेको छ ।

खानपानमा बेरपवाह

धेरै किशोरकिशोरी ‘यो उमेरमा त ढुंगो खाए पनि पच्छ’, उमेर हुन्जेल त हो मिठो खाने’ भन्ने जस्ता गलत धारणा हुन्छ । तर, यस्तो धारणाको कारण नै अस्वस्थ खानपान गर्ने बानी विकसित हुन्छ र पछि स्वास्थ्यमा समस्या देखिन्छ ।

पोषणविद्हरुका अनुसार अनुसार हरेक मानिसको खानपानको आवश्यकता फरक हुन्छ ।

यसको बाहेक आहारमा तपाईं कति क्यालोरी लिइरहनुभएको छ यो थाहा पाइराख्न पनि धेरै जरुरी छ । क्यालोरी एक प्रकारको उर्जा हो जुन शरीरको कुनै पनि गतिविधिलाई पूरा गर्नको लागि आवश्यक हुन्छ ।

यदि हामीले भोजनबाट सहि मात्रामा क्यालोरी लिइरहेका छैनौं भने त्यो भोजनले हामीलाई कैयौं खालका बिरामीहरुबाट ग्रस्त गर्छ ।

आजभोली धेरै उमेरका मानिसहरुमा मात्रै होइन सानो उमेका किशोरहरुमा पनि कैयौं यस्ता रोगहरु देखिन्छ जुन प्राय धेरै उमेर भएका मानिसहरुलाई मात्रै हुने गर्छ । जस्तै, मोटोपना, मधुमेह, मुटुरोग इत्यादि ।

यी समस्या पछिल्लो केही वर्षदेखि एक महामारीको रुपमा फैलिँदै आएको छ । मोटोपनाले कैयौं रोगहरुलाई निम्ता दिन्छ जस्तै डायबिटिज, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल आदि जुन बच्चाको लागि धेरै नै खतरनाक छ ।

किशोरावस्थामा धेरै उर्जा र धेरै पोषक तत्वको आवश्यकता छ किनभने उनीहरुको शारीरिक विकास भइरहेको हुन्छ । यस उमेरमा बच्चाको विकास तिव्र रुपले हुन्छ र उनीहरुलाई पौष्टिक र सन्तुलित आहारको धेरै आवश्यकता हुन्छ ।

किशोरकिशोरी र युवाहरुमा मोटोपना पनि एक ठूलो समस्या बनिरहेको छ । यसैले आहारमा सन्तुलित मात्रामा जरुरी क्यालोरी हुन पनि धेरै आवश्यक छ ।

धेरैजसो टिनएजका बच्चाहरु र युवाहरुमा जंक फूड जस्तै पिज्जा, बर्गर, पास्ता, चिप्स, नुडल्स आदि खाने रुची हुन्छ । यसै कारणले पनि उनीहरुलाई सानैमा मोटोपना र त्यससँग जोडिएका अन्य रोगहरुले सताउँछ ।

यसबाहेक हाम्रो बिगि्रएको दिनचर्या र अस्वस्थ जीवनशैलीले पनि विभिन्न समस्याहरु पैदा गर्छ ।

कति क्यालोरी लिने ?

किशोरावस्थामा बच्चाहरुले कैयौं प्रकारका शारीरिक विकास र परिवर्तनको अनुभव गर्छन् र यस परिवर्तनको समयमा किशोरहरुलाई प्रतिदिन एक स्वस्थ आहार योजना पालन गर्नुपर्छ ।

सन्तुलित भोजनको सेवनबाट मात्रै किशोर किशोरीहरुको शारीरिक र मानसिक विकास सहि किसिमले हुन्छ । किशोरहरुलाई प्रतिदिन कति क्यालोरी आवश्यक हुन्छ भन्ने कुरा उनीहरुको उमेर, लिंग र शारीरिक गतिविधिको स्तरमा निर्भर रहन्छ ।

सबैलाई अलगअलग मात्रामा क्यालोरीको आवश्यकता हुन्छ । जस्तैः किशोरिहरुलाई १६ सय देखि २ हजार क्यालोरीको आवश्यकता हुन्छ भने किशोरहरुलाई १८ सय देखि २२ सय क्यालोरी आवश्यकता हुन्छ ।

सन्तुलित आहारको लागि किशोरकिशोरीले के खाने ?

अन्नः

प्रतिदिन किशोरीहरु ५ देखि ६ औन्स र किशोरहरुले ६ देखि ८ औन्स सम्म साबुत अनाजबाट बनेको भोजन खाँदा राम्रो हुन्छ ।

पोषणविद्हरुका अनुसार धेरैजसो खानामा साबुत अन्नबाट बनेको परिकार लिँदा राम्रो हुन्छ । जस्तैः गहँुबाट बनेका पास्ता, ब्राउन राइस, ओटमिल र जौ आदि ।

सागसब्जीः

दैनिक फरक किसिमका सागसब्जीहरु खाँदा राम्रो हुन्छ । किशोरीहरुको लागि दैनिक अढाई कप र किशोरहरुले दैनिक अढाई कपदेखि ३ कप सागसब्जी खाँदा राम्रो हुन्छ ।

फलफूलः

दैनिक रुपमा विभिन्न किसिमका फलफूलहरु खाने गर्नुहोस् ।

दूध

दूधबाट बन्ने चीजहरु जस्तै दही, चीज, आदि लिन सकिन्छ तर यी सबै फ्याट पि|m र क्याल्सियमको मात्रा धेरै हुन आवश्यक छ । किशोरावस्थामा युवाहरु र युवतीहरु दुवैले दैनिक ३ कप जति मात्रामा दूध वा दूधबाट बनेका चीहरुको सेवन गर्नु राम्रो हुन्छ ।

मासु र गेडागुडी

हरेक हप्ता २ पटक माछा वा समुन्दि्र भोजनको सेवन गर्न सकिन्छ । किशोरीहरुले दैनिक ५ आउन्स सम्म र किशोरहरुलाई ५.५ देखि ६.५ आउन्स सम्म मासु र गेडागुडी खानुपर्छ ।

युवावस्थामा आहार

युवावस्था अर्थात २० देखि २८ वर्ष उमेर एक यस्तो अवस्था हो जतिखेर सबैभन्दा धेरै भिटामिन, क्यालोरी, मिनरल्स र प्रोटिनको आवश्यकता हुन्छ ।

युवाअवस्थामा सन्तुलित भोजनको लागि अनाज र अंकुरित चना, दाल आदि समावेश गर्नुपर्छ । आमरुपमा युवाहरु अंकफूडका सौखिन हुन्छन् तर राम्रो स्वास्थ्यको लागि जंकफुड खान छोड्नु वा कम गर्नुपर्छ ।

के मा कति क्यालोरी हुन्छ ?

अन्नः एक सानो गहुँको रोटीमा ८० क्यालोरी हुन्छ । त्यस्तै गहुँको पास्तामा १७४ हुन्छ भने गहुँबाट बनेको पाउरोटीमा २४७ क्यालोरी हुन्छ ।

सागसब्जीः धेरै खाइने तरकारीहरु जस्तैः आलु, प्याज, टमाटर आदिमा क्रमानुसार प्रति १०० ग्राममा ७७, ४० र १८ क्यालोरी हुन्छ ।

फलफूलः फलफूल जस्तै स्याउ र केरामा प्रति १०० ग्राममा ५२ र ८९ क्यालोरी हुन्छ ।

दूधः प्रति १०० ग्राम दूधमा ४२ सम्म क्यालोरी हुन्छ ।

मासुः प्रति १०० ग्राम मासुमा १४३ क्यालोरी हुन्छ ।

तेलः माछाको तेलमा प्रति १०० ग्रााममा ९०२ क्यालोरी हुन्छ भने भेजिटेबल आयल र ओलिभ आयलमा ८८२ क्यालोरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment