+
+
Shares

देउवालाई शशांकको प्रश्नः दुई महिनामा नेविसंघको महाधिवेशन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १६:३८

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ ।

आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै महामन्त्री कोइरालाले आफू नेविसंघलाई महाधिवेशन गर्न ६ महिना दिने पक्षमा रहेको बताए । आइतबार बैठकमा अनुपस्थित रहेका कोइरालाले भने, ‘थप गर्नु नै थियो भने ६ महिना थपेको भए हुन्थ्यो । दुई महिना मात्र दिइएको छ । यो दुई महिनाभित्र हामी अधिवेशन गराउन सक्छौं कि सम्दैनौं भन्ने प्रश्न छ ।’

फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको तर्क छ ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक सार्न नहुने धारणा राखे । आगामी मंसिर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?